Sajhamanch Archive

भद्रपुर जेसीजको जेसीज सप्ताह विविध कार्यक्रम गरी समापन

Published: in समाज by .

भद्रपुर । भद्रपुर जेसीजले विविध कार्यक्रम सम्पन गर्दै जेसीज सप्ताह समापन गरेको छ । मंसीर ४ गतेबाट सुरू भएको सप्ताह शनिवारबाट समापन गरिएको हो ।

समापन कार्यक्रममा भद्रपुर नगरपालिका क्षेत्रमा रहेर मानवीय सेवा स्वरूप रक्तदान गर्ने उत्कृष्ट रक्तदातालाई सम्मान गरिएको थियो । यसरी रक्तदान गर्नेहरूमा एक सय ११ पटक रक्तदान गर्ने जीवनकुमार दासदेखि ५२ औं पटक रक्तदान गर्ने भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठसम्म गरी १६ जनालाई सम्मान पत्र सहित सम्मानित गरिएको हो ।

भद्रपुर जेसीजका अध्यक्ष डिल्लीराम पोखरेलको अध्यक्षता तथा नेपाल जेसीजका सिनेटर उत्तर चापागाँईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा रेडक्रस झापाका सभापति लोकराज ढकाल, सम्मानित व्यक्तित्व राजेन्द्रकुमार मुखिया, भद्रपुर जेसीजका पूर्व अध्यक्ष लोकनाथ भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए भने महासचिव खिलनाथ पाण्डे निकासले सञ्चालन गरेको कार्यक्रमको औचित्य बारे प्रमुख कार्यक्रम संयोजक मनोज भट्टराईले प्रष्ट पारेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *