विपन्न एकल महिला भीमाकुमारीको घरको शिल्यान्यास
Published: (Updated: )
by .शिवसताक्षी । शिवसताक्षीकी एकल महिला भीमा कुमारी चौधरी राईको घरको शिल्यान्यास गरिएको छ । नेपाली कांग्रेस नेता केशवकुमार बुढाथोकी, नेपाली कांग्रेस नगर सभापति पर्शुराम ढुंगाना लगायतले घरको शिल्यान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा बोल्दै पार्टीका केन्द्रिय सदस्य समेत रहेका नेता बुढाथोकीले पार्टीमा गुटको राजनीति भए त्यसले नेता र कार्यकर्ता दुवैलाई फाइदा नहुने बताए । ‘मैले पार्टीका पुर्व महामन्त्री कृष्ण सिटौला, पार्टीका प्रवक्ता विश्व प्रकाश शर्मा, पार्टीका झापा सभापति उद्धव थापा लगायतसँग झापालाई गुट रहितको जिल्लाका रुपमा मुलुकमा चिनाउन पार्टीले अभियानका रुपमा कार्यक्रम अघि सार्नुपर्ने सुझाव दिएको छु । उहाँहरुले झापा मात्र होइन, मुलुकलाई यो समस्याबाट मुक्त गराउन सबै नेता र कार्यकर्ता लाग्नु पन बताए ।
पार्टीको ११ नम्बर वडा समितिले जग्गा र नगर समितिको समन्वयमा घर निर्माण हुने भएको हो । ‘फागुन ७ गते प्रजातन्त्र दिवसका दिन स्थानीय भीमाकुमारी चौधरी राईले ३ कोठा सहितको आरसीसी घर उपहार दिने नगर सभापति पर्शुराम ढुंगानाले बताए ।
अन्तरजीय विवाह गरेकी भीमाकुमारीले पति देहवसान पछि कष्टकर जीवन विताउँदै आएकी छिन् । उनको दुःखलाई साथ दिदै नेपाली कांग्रेस नगरसमिति घर निर्माणमा जुटेको हो । उनको पतिको सडक दुर्घटनामा मृत्यु भएको थियो । पतिको मृत्यु पछि उनी घर न घाटको भएकी छिन् । हाल एक छोरा र एक छोरीसहित माइतीमा शरण लिए रहेकी छिन् ।
उनको घर निर्माणका लागि पार्टी सबै नेता कार्यकर्ताहरुले स्वेच्छिक रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाएको वडा नं. ११का वडासभापति अशोक बस्नेतले जानकारी दिए । उनले भने, दुःखमा परेका नागरिकको सुरक्षा गर्नु मानविय धर्म पनि हो । हामी जसरी भएपनि भीमाकुमारीलाई पक्की घर बनाएर हस्तान्तरण गर्छौ ।
शिल्यान्यास कार्यक्रम भीमाकुमार चौधरी राईको आवास निर्माण उपभोक्ता समितिका संयोजक विनोद ढकालको सभापतित्व र वडा नम्बर ११ का सभापति अशोक बस्नेतको संचालनमा भएको थियो ।
Comments