पत्रकार महासंघ झापाको महाधिवेशन पौषमा हुने
Published:
by .बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाको अधिवेशन यही पुस ११ गते काँकरभिट्टामा हुने भएको छ ।
महासंघको मंलबार बसेको बैठकले अधिवेशनको मिति तय गरेको हो । मंसिरभित्रै अधिवेशन गर्न भनिए पनि अधिवेशनका लागि आवश्यक तयारी गर्नुपर्ने भएकाले पुस ११ गतेको मिति तोकिएको सचिव सन्तोष आचार्यले जानकारी दिए ।
अधिवेशन अघि नै महासंघ झापा शाखाले स्थापना गरेको पुस्तकालयको उद्घाटन गर्ने भएको छ । पत्रकार महासंघको फागुन ३ गते तीन तहको निर्वाचन हुने यस अघिनै महासंघ केन्द्रीय समितिले निर्णय गरेको छ ।
Comments