एनएमसी एकीकृत नमूना कृषि फर्मका लागि कर्मचारी आवश्यकता सम्बन्धी सूचना
Published:
by .असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC COOP
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
प्रथमपटक प्रकाशित मितिः २०७७।८।१८
संस्थाद्वारा सञ्चालित एकीकृत नमूना कृषि फर्मका लागि तपसिल बमोजिमका कर्मचारी आवश्यकता परेको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट खुला प्रतिष्पर्धाको लागि निवेदन आह्वान गरिन्छ ।
विज्ञापन नं. : १८ (२०७७/०७८)
पद : बजार प्रतिनिधि दोस्रो
संख्या : १ (एक) जना
आधारभूत पारिश्रमिक : रु. १३,५००।– (तेह्र हजार पाँचसय)
अन्य सुविधा : सञ्चयकोष, उपदान, बिदा, बिमा लगायत
न्यूनतम शैक्षिक योग्यता : एसएलसी वा एसईई उत्तीर्ण
सवारी चालक अनुमति पत्र : मोटरसाइकल चलाउन जान्ने तथा लाइसेन्स अनिवार्य भएको
बाञ्छनीय योग्यता : वस्तु तथा सेवाको बजारीकरण सम्बन्धी अनुभवी र हलुका सवारी चालकको लाइसेन्स भएको
उमेर : २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको
गर्नुपर्ने कामहरु : बजारीकरण सम्बन्धी सम्पूर्ण कार्यहरु
अन्य बुँदाहरुः
१. आवेदकहरुले संस्थाले तोकेको दरखास्त फारम, आवश्यक कागजातको प्रतिलिपि र व्यक्तिगत विवरण (Bio data)सहित हस्तलिखित निवेदन संस्थाको एकीकृत नमूना कृषि फर्ममा मात्र दर्ता गरिनेछ । दरखास्त फारम संस्थाको वेबसाइट www.nmc.coop.np वा संस्थाको एकीकृत नमूना कृषि फर्मबाट प्राप्त गर्न सकिनेछ ।
२. निवेदनका साथ हालसालै खिचेको ३ प्रति पासपोर्ट साइजको फोटो उपलब्ध गराउनु पर्नेछ ।
३. आवेदन शुल्क रु. २००।–(दुई सय) तोकिएको छ ।
४. आवेदकको उमेरको हकमा आवेदन भर्ने अन्तिम मितिलाई आधार मानिने छ ।
५. आवेदन शुल्क संस्थाको प्रधान कार्यालयको बचत हि.नं. 99-58-00000063, NMC SEWA AAYOG खातामा जम्मा गरी जम्मा गरेको भौचर आवेदन फाइलमा अनिवार्य राख्नु पर्नेछ ।
६. परीक्षा प्रणाली लिखित र मौखिक अन्तर्वार्ता हुनेछ ।
७. अन्तिम छनोटमा परेका उम्मेद्वारहरुले संस्थाले तोकेअनुसारको धितो धरौटीको व्यवस्था गर्नुपर्नेछ ।
८. सेवा अवधिको पहिलो ६ महिनालाई परीक्षणकाल मानिनेछ ।
९. स्थानीयलाई प्राथमिकता दिन सकिनेछ ।
१०. आवेदन दर्ता गर्ने अन्तिम मिति २०७७ मंसिर २४ गते बुधबारसम्म ।
११. सम्पर्क मिति मिति २०७७ मंसिर २५ गते बिहीबार हुनेछ र सोही मितिमा परीक्षा सम्बन्धी जानकारीे कार्यालयको सूचना पाटीमा टाँस गरिनेछ ।
पुनश्च : अनावश्यक सिफारिसले आवेदकको योग्यता माथि प्रश्न चिह्न खडा हुने हो कि !
थप जानकारीका लागि : ९८५२६८९४००/९८१७०५९६३३
– एनएमसी सेवा आयोग
Comments