मानव अधिकार शिक्षा शहरमा भन्दा गाउँ – गाउँमा परयाउन जोड
Published:
by .दमक । मानव अधिकारको शिक्षा शहर शहरमा केन्द्रित भएको भन्दै यसलाई गाउँ बस्ती पुराउनु पर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
राष्ट्रिय मानव अधिकार प्रतिष्ठान झापाले विहीबार झापाको माइधारमा आयोजित ७२ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस कार्यक्रमका सहभागीहरुले मानव अधिकार शिक्षा टोल बस्तीका बासिन्दा सम्म पुराउनु पर्ने बताएका हुन् ।
शिवसताक्षी १० स्थित माईधारको मेची इङलीस बोडिङ्ग स्कूलमा प्रतिष्ठान झापाले आयोजना गरेको कार्यक्रमका सहभागी सोही वडाका वडा सदस्य कमला रसाइलीले मानव अधिकारको बिषयमा हामी जनप्रतिनिधिले प्रष्ट रुपमा बुझन सकिएको छैन । वडाबासी र टोलबासीलाई कसरी बुझाउने वडा सदस्य रसाइलीले प्रश्न गर्दै यस्ता कार्यक्रम शहरमा भन्दा पनि गाउँ बस्तीमा गर्नु सुझाव दिइन् ।
शिव सताक्षीका वडा सदस्य मन्दिरा पाठकले महिला अधिकार , वाल अधिकार ,श्रमको अधिकार भनिए पनि यी अधिकार कसरी खोज्ने भन्ने बिषयमा गाउँ बस्तीका मान्छेलाई थाहा नभएको गुनासो गर्दै गाउँ –गाउँमा मानव अधिकारको सन्देश दिन आग्रह गरिन् । प्रतिष्ठानका अध्यक्ष डा. नविन चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा माइबेनी महिला कृषि सहकारी संस्था माइधारको अध्यक्ष रेहिता भटराईले टोल –टोलमा मानव अधिकार शिक्षा पुराउन अनुरोध गरेकी थिइन् ।
शिवसताक्षी नगरपालिका झापाका लेखा अधिकृत प्रकाश योङहाङले मानिसले जन्मीएपछि बाँच्न पाउने अधिकार लगायतका जन्मसिद्ध अधिकारलाई उचित रुपमा प्रयोग गर्नु पर्ने बताए ।
मेची इङलिस बोडिङ्ग स्कूल माइधारको प्रिन्सीपल भीमप्रसाद भटराई , शिवसताक्षी १० नम्वर वडमा वडा सदस्य भाष्कर सिटौला, झलेन्द्र कोइराला लगायतले प्राथमिक तहबाट नै पाठ्यक्रममा समावेश गरेर मानव अधिकार शिक्षा दिनु पर्नेमा धारण राख्नु भएको थियो । कार्यक्रममा उठेका जिज्ञासाको जवाफ दिदै अध्यक्ष डा.चापागाईले आफुले अधिकार प्रयोग गर्दा अर्को हनन हुन नदिन सजक हुनु पर्ने बताए ।
उनले भविष्यमा स्थानिय सरकार ,संघ संस्थासंग सहकार्य गरेर गाउँ बस्तीमा मानव अधिकार शिक्षा सम्वन्धिप्रशिक्षण दिने जानकारी दिए । साँझ माइधारमा ७२ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा दिपप्रज्वलन समेत गरिएको थियो ।
Comments