Sajhamanch Archive

बुधबारे जेसीजमा नयाँ नेतृत्व चयन

Published: in समाज by .

बुद्धशान्ति । बुधबारे जेसिजले बर्ष २०२१ का लागि नयाँ नेतृत्व पाएको छ ।

शनिबार भएको नवौं बार्षिक साधारणसभाको अवसर पारेर नयाँ नेतृत्व चयन भएको हो । २०२१ को कार्य समितिको अध्यक्षमा जेसी अनिल वाग्ले सर्वसम्मत चयन भएको आयुष निरौलाले जानकारी दिए ।

कार्यकारिणी उपाध्यक्षमा अर्जुन ढकाल र कृष्ण ढकाल चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा अनिल घिमिरे, बिनोद रिजाल, रुद्र निरौला, जेसी पर्शुराम भट्टराई सर्वसम्मत चयन भएका छन् ।

बर्ष २०२० का अध्यक्ष नन्दकुमार याफु राईको अध्यक्षता, संस्थापक अध्यक्ष प्रकाश सिवाकोटीको विशेष आथित्यमा भएको साधारण सभामा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष विशाल थापाको प्रमुख आतिथ्या रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *