मनकामना कलेजका विद्यार्थीलाई फोटो पत्रकारिता तालिम
Published:
by .बिर्तामोड । नेपाल फोटो पत्रकार महासंघ झापा शाखाको प्राविधिक सहयोगमा मनकामना कलेज बिर्तामोडमा अध्ययनरत विद्यार्थीहरुलाई सात दिने फोटो पत्रकारिता (फोटोग्राफी) तालिम आजदेखि सुरु भएको छ ।
मनकामना कलेजमा स्नातक तह बिएसडब्लु तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई फोटो पत्रकारिता र फोटोग्राफी सम्बन्धी कार्यशालासहित तालिम सुरु गरिएको हो । कलेजका ३० जना भन्दा धेरै फोटो पत्रकारिता विषयमा अध्ययन गर्दै आएका विद्यार्थीहरु तालिममा सहभागी छन् ।
किताबमा मात्र पत्रकारिता पढ्दै आएका विद्यार्थीलाई अझ छिटो र सहज रुपमा सिकाउन सजिलो र प्रभावकारी बनाउन कलेजले यस वर्षबाट प्रयोगात्मक सिकाई अभ्यास सुरु गरेको कलेजका अध्यापक सौरभ प्रसाईले बताए ।
आईतबार बिर्तामोडस्थित कलेजमा सुरु भएको प्रशिक्षणमा नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय सदस्य तथा झापा शाखाका निवर्तमान अध्यक्ष सिद्धार्थ नविन उप्रेतीको संयोजकत्वमा सुरु भएको हो ।
प्रशिक्षण उद्घाटन कार्यक्रममा नेपाल फोटो पत्रकार महासंघ झापाका अध्यक्ष विनोद पाण्डे, केन्द्रीय सदस्य उप्रेती र झापा शाखाका कोषाध्यक्ष शरद जोशीले सहजीकरण गरेका थिए ।
सात दिनको सिकाई कार्य अन्तरगत दुई दिन कलेजमै आधारभूत फोटो पत्रकारिता सम्बन्धी अन्तरक्रिया र बाँकी दिनहरु खुल्ला स्थानमा गएर क्यामरा प्रयोग विषयमा प्रशिक्षण गराईने अध्यक्ष पाण्डेले बताए ।
प्रशिक्षण अवधिभर जिल्ला उपाध्यक्ष इन्द्रजित मुखिया, सचिव विष्णु लामिछाने, फोटोपत्रकार लोकेश अधिकारी, धर्म प्रसाई लगायतले सहजीकरण गर्नेछन् ।
Comments