इलामको एक विद्यालयमा बान्तवा भाषामा पढाइने
Published:
by .इलाम । इलाम जिल्लामा पहिलो पटक बान्तवा भाषामा पठन पाठन हुने भएको । इलामको माङसेबुङ– ६ स्थित चिसोपानी माध्यमिक विद्यालयमा बान्तावा भाषाको पठनपाठन हुने भएको हो ।
विद्यालयले माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा भाषा शिक्षक नियुक्त गरिएको जनाइएको छ । बान्तवा भाषा अध्यापनले भाषा संरक्षणमा सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताए । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ इलामका अध्यक्ष राम योङ्हाङले भाषा संरक्षण र सम्बद्र्धनमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।
Comments