फरार अभियुक्त राई पक्राउ
Published:
by .बिर्तामोड । झापा प्रहरीले डाका मुद्धामा सजायको फैसला सुनाएका फरार अभियुक्त पक्राउ गरेको छ । प्रहरीले मेचीनगर नगरपालिका १० का ४८ वर्षीय देशबहादुर राईलाई बुधबार पक्राउ गरेको हो ।
झापा जिल्ला अदालत भद«पुरको २०७६ माघ २१ गतेको फैसला अनुसार डाका मुद्धाका प्रतिबादी राईले भोग्नु पर्ने सजाय ५ महिना ७ दिन बेरुजु हुँदाहुदै फरार भएका थिए ।
अभियुक्त राईलाई कोरोना जाँच गरी रिपोर्ट नेगेटिभ आए पश्चात कारागार पठाउने तयारी गरिएको प्रहरी नायव राकेश थापाले जानकारी दिएका दिए
राईलाई अदालतले ६ महिना कैद र ५ हजार जरिवाना सुनाएको थियो ।
Comments