Sajhamanch Archive

हडिया कृषक कुलो जल उपभोक्ता समितिको वार्षिकोत्सव सम्पन्न

Published: (Updated: ) in समाज by .

भद्रपुर । भद्रपुर ९ स्थित हडिया कृषक कुलो जल उपभोक्ता समितिको ९ औं साधारण सभा सम्पन्न भएको छ ।

समितिका अध्यक्ष होमनारायण प्रधानको अध्यक्षता तथा संघीय संसद सुरेन्द्रकुमार कार्कीको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कार्कीले जनताका प्रतिनिधि भनिएको कम्युनिस्ट सरकारले सिद्धान्त अनुसार काम गर्न नसक्दा सामन्तवादी शैली जीवित रहेको बताए । नेकपाका स्थायी समिति सदस्य समेत रहेका कार्कीले समाजवाद उन्मूख राज्य सञ्चालनमा नेकपा नेतृत्व सरकार चुकेको स्मरण गर्दै राजनीतिले सही बाटो लिन नसकुञ्जेल श्रमजीवि कृषकका पीडा सुनुवाइ नहुने समेत तर्क राखेका थिए ।

स्वागत उपाध्यक्ष दिननाथ उप्रेती तथा सञ्चालन सचिव मानबहादुर मगरले गरेको कार्यक्रममा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, भद्रपुर ९ का कार्यवाहक अध्यक्ष रामप्रसाद दाहाल, नेकपा भद्रपुर अध्यक्ष शिवकुमार राजभण्डारी, जिल्ला सदस्य अशारु राजवंशी, समाजसेवी विष्णुप्रसाद शिवाकोटी, चन्द्रगढी दोश्रो खानेपानी समितिका अध्यक्ष चुडामणि मैनाली लगायतले साविकको चन्द्रगढी ३, ४, ५ र ९ नम्बर वडाको सिञ्चाइ सुविधाका लागि सो कुलो अपरिहार्य रहेकाले संरक्षणमा जोड दिँदै मन्तव्य राखेका थिए ।

वार्षिक गतिविधि प्रस्तुत गर्दै संस्थाका अध्यक्ष प्रधानले ४७ लाख १० हजार १ सय ४३ रुपैयाको आय व्यय समेत सार्वजनिक गर्दै आथामी वर्षका लागि ५१ लाख ५० हजार प्रस्तावित वजेट पेश गरेका थिए ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *