प्रधानमन्त्री निकट नेता भन्छन्ः प्रचण्ड–नेपालका कारण संसद विघटनको बाटो रोजियो, समर्थन गरौं
Published:
by .
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरुले प्रचण्ड–नेपालका कारण संसद विघटनको बाटो रोज्नुपरेको बताएका छन् ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र सरकारको विषयमा गम्भीर नहुदाँ संसद विघटन गर्ने प्रस्ताव ल्याउनु परेको प्रधानमन्त्रीले बताएको प्रधानमन्त्री निकट एक मन्त्रीले बताए ।
आइतबार बिहान प्रचण्डसँग अन्तिम वार्ता गर्दासमेत प्रचण्डले आफ्नो अडान नछाडेपछि प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुसँग छलफल गरेर यो प्रस्ताव ल्याएको ओली निकटका नेताहरुले बताएका छन् ।
श्रोतका अनुसार प्रचण्डले आफ्नो १९ पृष्ठको राजनीतिक प्रतिवेदन फिर्ता गरे संसद विघटनको सिफारिस फिर्ता लिन सकिनेछ ।
नेकपामा ओली समूहले प्रचण्डको प्रस्तावलाई आरोपत्रको संज्ञा दिँदै आएको छ । नेकपा उच्च स्रोतका अनुसार पार्टीका स्थायी समिति सदस्य वामदेव गौतम दुवै अध्यक्षको प्रस्ताव फिर्ता लिन अभ्यास गर्दै आएका थिए ।
उनले सरकारको संसद विघटनको सिफारिसलाई पर्ख र हेरको नीति अख्तियार गर्दै न विरोध न समर्थनको नीति अख्तियार गरेका छन् । अर्का सचिवालय सदस्य रामबहादुर थापा बादलले पनि दुवै राजनीतिक प्रतिवेदन फिर्ता गर्ने र संसद विघटनको सिफारिस पनि फिर्ता लिएर पार्टी एकताको आधार तयार पार्न अनुरोध गर्दै आएको छ ।
थापाका स्वकिय सचिव सूर्य सुवेदीले भनेका छन्, ‘पार्टी एकता बचाइराख्ने अन्तिम अवसरः संसद विघटनको सिफारिस र पार्टीमा एक अर्कोलाइ लगाइएको आरोपपत्र फिर्ता लिने र पार्टी र सरकार मिलेर अघि बढ्ने ठोस लिखित मार्गचित्रमा समझदारी गर्ने १’
नेकपाको भ्रातृ संस्था अनेरास्ववियूका संयोजक ऐन महरले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई समर्थन गर्न आग्रह गर्दै भनेका छन्, ‘राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग र प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्ताव ल्याउन लागिएकाले संसद् विघटनको बाध्यात्मक अवस्था आएको हो ।’
‘२०७४ सालमा प्राप्त जनमतको सम्मान नगरी राजनीतिक अस्थिरताका पुजारीहरु प्रचण्ड गुटले राष्ट्रपतिविरुद्ध महाभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गरेर अगाडि बढेपछि नयाँ जनादेशका लागि प्रधानमन्त्रीले चाल्नुभएको बाध्यात्मक कदम हो संसद् विघटन । सबैले समर्थन गरौं र हिम्मत हुनेहरुले ताजा जनादेशका लागि तयार बनौं,’ उनले भनेका छन् ।
Comments