Sajhamanch Archive

संसद विघटन पछि झापामा सुरक्षा सतर्कता बढाइयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । संसद विघटन भएपछि झापामा सुरक्षा सर्तकता बढाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाको मुख्य स्थानहरु काँकरभिट्टा, विर्तामोड, दमक लगायत स्थानहरुमा सुरक्षा सतर्कता बढाइएको हो।

संसद विघटन भएपछि कहीँ कतै विरोध तथा नारा जुलुस हुने संभावना बढेकाले सुरक्षा सतर्कता बढाइएको झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए।

उनले भने, ‘हामी सतर्क छौं। कुनै घटना होला कि भनेर मोनिटरिङ गरिरहेका छौं।’

झापाका मुख्य स्थानहरू बिर्तामोड, दमक, काँकरभिट्टा लगायत स्थानमा प्रहरीको उपस्थिति बाक्लो बनाइएको छ।

प्रधानमन्त्रीओलीले संसद विघटनको प्रस्ताव गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरिसकेकी छिन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *