प्रचण्ड उपाध्यक्षसरहका मान्छे हुन्, मलाई कारबाही गर्ने आधार छैन: ओली
Published:
by .काठमाडौं । प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि अनुशासनको कारवाही हुनै नसक्ने बताएका छन् ।
पार्टीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपाध्यक्षसरहको व्यक्ति भएको बताउँदै प्रधानमन्त्री समेत रहेका ओलीले आफूमाथि उनले कारबाही गर्न नसक्ने बताएका हुन् ।
आज सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आफूनिकट पूर्वसांसदहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड नेकपाको दोस्रो अध्यक्ष भएको र त्यो भनेको उपाध्यक्षसरह हुने दाबी गरेका हुन् ।
पार्टीको अध्यक्ष र संसदीय दलको नेता आफू भएकाले आफूले गरेका निर्णय मात्रै वैधानिक हुने दाबी ओलीको छ ।
आइतबार ओली र उनी पक्षीय सदस्यको उपस्थितिबिना बसेको नेकपा सचिवालय बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने र पुस ७ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो ।
प्रचण्डले ओलीलाई कारबाही गर्ने कुरा कसैले नपत्याउने जिकिर समेत ओलीले गरेको भेलामा सहभागी एक नेताले बताए ।
Comments