संसद् पुनर्स्थापनाकाे मागसहित नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै
Published:
by .काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विघटन गरेको प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेकपाकै सांसदहरु सर्वोच्च अदालतमा रिट दायर गर्न जाने भएका छन्।
आज (सोमबार) अधिवक्तासहित नेकपाका ८७ सांसद सर्वोच्चमा रिट दायर गर्न जाने तयारीमा रहेको नेकपाकी सांसद रामकुमारी झाँक्रीले थाहाखबरलाई जानकारी दिइन्।
‘सर्वोच्चमा रिट दायर गर्ने तयारी भइरहेको छ,’ उनले भनिन्, ‘सकेसम्म बहुमत सदस्यहरुले रिट दायर गर्ने तयारी हुँदैछ। केही माननीयहरु काठमाडौं बाहिर हुनु भएकोले उहाँहरुलाई कुरिरहेका छौँ। उहाँहरु आएपछि रिट दायर हुन्छ।’
Comments