झापाका एलुमुनियम तथा स्टिल व्यवसायी संगठित
Published:
by .बिर्तामोड । झापामा लामो समयदेखि व्यवसाय गरिरहेका एलुमुनियम तथा स्टिल व्यवसायीहरु पहिलो पटक संगठित भएका छन् ।
एलुमुनियम तथा स्टिल व्यवसायीको बिर्तामोडमा आज आयोजित भेलाले समिल राईको संयोजकत्वमा जिल्ला नेतृत्व चयन गरेको छ ।
झापामा रहेर व्यवसाय गर्दै आएका सम्पूर्ण एलुमुनियम तथा स्टिल व्यवसायीलाई एउटै संस्थमा आवद्ध गराउने उदेश्यले राईको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन भएको हो ।
एलुमुनियम तथा स्टिल व्यवसायलाई व्यवस्थित गर्दै व्यवसायीको हक अधिकारका विषयमा आवाज उठाउने समितिको उदेश्य रहेको बताइएको छ ।
भेलाले तदर्थ समितिको सदस्यमा रोशन नेम्वाङ, बिनोद रिसाल, तेजु खतिवडा, योगेश खबास, ललित थामी, सोम पोर्तेल, नविन राई, गोपाल सिटौला, दिनेश कार्की र बद्री रिजाललाई चयन गरेको छ ।
समितिको सल्लाहकारमा व्यवसायी मोहन खरेल,हरि श्रेष्ठ, तेज संग्रौला, हेम गुरुङ, भरत श्रेष्ठ, ज्ञान रिमाल र गणेश कार्की चयन भएका छन् ।
भेलामा झापा जिल्लाको विभिन्न भागमा एलुमुनियम तथा स्टिल व्यवसायमा संलग्न थोक बिक्रेता, खुद्रा बिक्रेता र डिलरका प्रतिनिधिहरुको उपस्थिति थियो ।
झापामा लामो समयदेखि यो व्यवसायमा लागेका धेरै व्यवसायीहरु भए पनि हालसम्म उनीहरुको छाता संगठन गठन हुन सकेको थिएन ।
वषौंअघिदेखि यो व्यवसायमा आवद्ध रहेका व्यवसायीहरु आफ्नो छाता संगठन नहुँदा कहिले स्वयं व्यवसायीबाट कहिले उपभोक्ताबाट त कहिले अवसरबादी झोले व्यापारीबाट मारमा पर्दै आएका थिए ।
व्यवसायीका अनुसार झापामा बिना दर्ता धेरै धेरै स्टिल तथा एलुमुनियम व्यवसायीहरु छन् । अब उनीहरुलाई अनिवार्य दर्ता प्रक्रियामा ल्याई आधिकारिक बिक्रेताका रुपमा व्यवस्थित गर्ने नवगठित समितिको योजना छ । यो व्यवसायमा धेरै बिकृति, व्यवसायी बीचमा अस्वभाबिक प्रतिस्पर्धाका कारण व्यवसाय धरापमा पर्दै गएको उनीहरुको निश्कर्ष छ ।
भेलाले यो व्यवसायमा संलग्न व्यवसायीलाई अनिवाई दर्ता हुन आग्रह गर्ने, सबैलाई संघमा आबद्ध गराउने, सामाग्रीको न्यूनतम दररेट कायम गर्ने, बिना दर्ता काम गर्ने व्यवसायी र झोले व्यापारीलई कारबाही गर्ने निर्णय गरेको छ ।
त्यस्तै, बिचौलीया, झोले व्यापारीलाई संरक्षण गर्ने होलसेलर माथि नियन्त्रण गर्ने, पसलमा अनिवार्य मूल्य सूचि राख्नु पर्ने लगायतका विषयमा छलफल गर्दै कार्यान्वय गर्ने निश्कर्ष निकालेको छ ।
भेलाको सहजीकरण गोपाल सिटौलाले गरेका थिए भने संयोजक समिल राई , व्यवसायी मोहन खरेल, बद्री रिजाल लगायतले व्यवसायमा रहेका समस्या बारे प्रकाश पारेका थिए ।
Comments