Sajhamanch Archive

एमरल्ड बाल क्लबद्वारा बालमैत्री नगर भएको खुसीमा माक्स वितरण 

Published: in समाज by .

भद्रपुर  ।भद्रपुर नगरले प्रदेश १ को पहिलो बालमैत्री शासन युक्त नगरको इतिहास रचेको खुसीयालीमा एमरल्ड एकाडेमी बाल क्लब भद्रपुर ७ ले ८ सय वटा माक्स निशुल्क वितरण गरेको छ ।

कोरोना महामारी नसकिएको सचेतना गर्दै भद्रपुर नगर क्षेत्रको चन्द्रगढी बजार, सगरमाथा चौंक तथा बजार क्षेत्रमा एमरल्ड बाल क्लबका अध्यक्ष आरोग्य तिम्सेनाको नेतृत्वमा निशुल्क माक्स वितरण गरिएको हो ।

सामाजिक उत्तरदायित्व अन्र्तगत बाल क्लबका बाल बालिकाहरूले समाजमा कोरोना संक्रमण न्युनिकरण गर्न सचेतना गराउँदै माक्स वितरण गरेका हुन् । वितरण कार्यक्रममा प्रिन्सिपल डिगम्बर अधिकारीको समेत सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *