Sajhamanch Archive

प्रधानन्यायाधीशको एकल बेञ्चमा प्रतिनिधिसभा विघटन विरुद्धका सबै रिट सुनवाई हुने

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरू माथि आज सर्वोच्च अदालतमा सुनुवाई हुने भएको छ।

नेकपाका चार सांसदसहित विभिन्न व्यक्तिले दायर गरेका १३ वटामध्ये १२ वटा रिटमाथि आज प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणाको एकल इजलासमा सुनुवाई हुने सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिएका छन् ।

एउटा रिटको भने संवैधानिक इजलासमा सुनवाई हुनेछ। त्यसको पेशी शुक्रबारका लागि तोकिएको प्रवक्ता पोखरेलले जानकारी दिए ।

हिजो नेकपा सांसदहरू देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले पनि संसद विघटनको निर्णयले ५ वर्षसम्म प्रतिनिधित्व गर्ने हकबाट बञ्चित भएको भन्दै राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई विपक्षी बनाई रिट दर्ता गरेका थियो। यो मुद्दाको पनि प्रधानन्यायाधीशको बेन्चमा परेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *