Sajhamanch Archive

ताप्लेजुङमा बलात्कारजन्य घटना उच्च

Published: in समाज by .

ताप्लेजुङ । ताप्लेजुङमा बलात्कारजन्य घटनामा वृद्धि हुँदै गएको एक तथ्याङ्कले देखाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको तथ्याङ्कमा बलात्कारजन्य घटनामा वृद्धि हुँदै गएको देखाएको हो ।

इन्सेकले तयार पारेको पछिल्लो एक वर्षका बीचमा घटेका आपराधिक घटनाको सूचीमा सबैभन्दा धेरै बलात्कारका घटना रहेका छन् । सूचीकृत विभिन्न आपराधिक ३४ वटा घटनामध्ये २१ वटा घटना बलात्कारजन्य छन् । इन्सेकले नेपाल मानवअधिकार वर्ष पुस्तक सन् २०२१ को प्रकाशन पूर्व फुङ्लिङमा वार्षिक समीक्षा कार्यक्रमको आयोजना गरी तथ्याङ्क सार्वजनिक गरेको हो ।

बलात्कारजन्य घटनाबाट पीडित २१ जनामध्ये १५ जना १८ वर्षमुनिका बालिका रहेका छन् । अन्य २० वर्षमाथिका छन् । समीक्षा कार्यक्रममा सरोकारवालाबीच बलात्कारसहितका आपराधिक घटना न्यूनीकरणका उपायलगायतका विषयमा छलफलसमेत भएको थियो । इन्सेकको तथ्याङ्क अनुसार परिवारबाटै हत्या भएका घटना २ वटा छन् भने आत्महत्या दुरुत्साहनको एउटा घटना छ । यस्तै कर्मचारीमाथि दुव्र्यवहार र जातीय भेदभावका १–१ वटा घटनासमेत घटेका छन् ।

६ वटा बहुविवाहका घटना छन् । बहुविवाहमा २ जना बालबिज्याइँ गरेकी बालिका छन् । यस्तै बालबिज्याइँमा २ जना बालक छन् । जसमध्ये १ जनाको मृत्यु भएको छ भने अर्का १ जनालाई सुधारगृह पठाउन आदेश भएको समीक्षा प्रतिवेदन तथा तथ्याङ्कमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *