ओली समूहले ७ वटै प्रदेशमा कार्यगत प्रशिक्षण सञ्चालन गर्ने
Published:
by .काठमाण्डौ । नेकपाका केपी ओली समूहले कार्यगत प्रशिक्षण सञ्चालन गर्ने भएको छ । प्रशिक्षणका लागि ओली समूहले ७ वटै प्रदेशमा नेताहरु खटाउने भएका छन् ।
ओली समूहमार्फत प्रवक्ता बन्नुभएका प्रदीप ज्ञवालीका अनुसार सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा। विन्दा पाण्डेलाई प्रशिक्षणको जिम्मेवारी दिइएको छ । यस्तै कर्णाली प्रदेशमा शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्यले प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको छ ।
लुम्बिनी प्रदेशमा प्रशिक्षणका लागि विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटालाई जिम्मेवारी तोकिएको छ । यस्तै गण्डकी प्रदेशमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेल, वागमती प्रदेशमा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल, प्रदेश २ मा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो र प्रदेश १ मा प्रशिक्षणका लागि सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा। शिवमाया तुम्वाहाम्फेलाई जिम्मेवारी दिइएको छ ।
यसैबीच, प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक बस्दै छ । आन्दोलनको कार्यक्रमको लागि थप छलफल गर्नका लागि आज संसदीय दल र भोली केन्द्रीय कमिटीको बैठक डाकिएको पनि नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । संसद विघटनको घोषणा भएसँगै नेकपा औपचारिक रुपमा दुई समूहमा विभाजित भएका छन् । दुवै समूहले आफ्नो निर्णय आधिकारिक भएको दाबी गर्दै आएका छन् ।
प्रचण्ड–माधव नेपाल समूहले आफूसँग बहुमत सदस्य रहेकोले बहुमत सदस्यको निर्णय नै वैधानिक हुने बताउँदै आएको छ । ओली समूहले भने अध्यक्ष, महासचिव र माईन्युट नै आफूसँग रहेकोले आफूहरुको निर्णय वैधानिक रहेको दाबी गर्दै आएको छ ।
Comments