Sajhamanch Archive

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

Published: (Updated: ) in समाज by .

झापा । पाँचथरको हिलिहाङ गाउँपालिका ५ एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । पाँचथरको साविक सुभाङमा गएराति एक ब्यक्तिले श्रीमतीलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।

गएराति करिव १ बजेतिर धनबहादुर उभरकोटीले आफ्नै पत्नी दुर्गामाया पुर्कुटीको हत्या गरेका हुन् । श्रीमती दुर्गामायालाई सुतेको ठाउँमा धनबहादुरले बन्चरो प्रहार गरी हत्या गरेको स्थानीय धनपति उभरकोटीले जानकारी दिए ।

हत्यापछि धनबहादुर फरार रहेको बताइएको छ । राति घरमा सुतेको समयमा मादक पदार्थ सेवनका कारण हत्या गरिएको हुनसक्ने बताइएको छ ।

हत्यामा संलग्नलाई खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दानबहादुर थापाले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *