Sajhamanch Archive

विघटनविरुद्ध आन्दोलन, प्रचण्ड-माधव नेतृत्व गर्दै सडकमा

Published: (Updated: ) in राजनीति by .

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले आन्दोलन सुरु गरेको छ ।

शुक्रबार बिहानबाट माइतीघरबाट सुरु भएको आन्दोलनको नेतृत्व अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आफैले गरेका छन् । अध्यक्षद्धय सहित वरिष्ठ नेता झलनाथ खनाल, प्रवत्ता नारायणकाजी श्रेष्ठ लगायतका शिर्ष नेताहरु छातीमा ‘हामी यहाँ छौं’ टाँसेर माइतीघरको सडकमा बसेका छन् ।

बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले शुक्रबारबाट दैनिक रूपमा कुनै न कुनै प्रकारको विरोध गर्ने र १४ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *