सर्वोच्चद्वारा संसद विघटनको निर्णयमा कारण देखाउ आदेश
Published: (Updated: )
by .काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटन गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ ।
शुक्रबार संवैधानिक इजलासमा सुनुवाइपछि प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलाशले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशको पूर्ण इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग गर्न आदेश दिएको हो ।
इजलाशले संसद विघटनसम्बन्धी मन्त्रिपरिषद्बाट भएको निर्णयको सक्कल प्रति, राष्ट्रपतिको निर्णयको सक्कल प्रतिका साथै संसद्सँग सम्बन्धित आवश्यक कागजात पेश गर्ने आदेश दिएको छ ।
आवश्यक कागजात ५ दिनभित्र अदालतमा पेश गर्न माग अधिवक्ताहरुले गरेका छन् ।
Comments