Sajhamanch Archive

को को बन्दैछन् मन्त्री

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेकपामा चिरा परेपछि ओलीको खेमामा रहेका केही नेताहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदमा लैजाने भएका छन् ।

प्रचण्ड–नेपाल खेमामा समाहित हुँदै सामुहिक राजिनामा दिएका सातजना मन्त्रीको पद अहिले रिक्त छ । मन्त्रिपरिषदको पुनर्गठन गर्दै प्रधानमन्त्री ओलीले रिक्त मन्त्रालयहरुमा आज नयाँ मन्त्री नियुक्त गर्ने भएका हुन् ।

बालुवाटार स्रोतका अनुसार टोपवहादुर रायमाझी, मणि थापा, प्रेम आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी, दावा लामा र जुलीकुमारी महतोलाई मन्त्री बनाउने तयारी छ ।

केही साबिकका मन्त्रीहरुको मन्त्रालय हेरफेर समेत गरिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । स्वास्थ्य,महिला बालबालिका लगायतका मन्त्रीहरुको मन्त्रालय परिवर्तन भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *