इटहरी र धरानबाट सहयोगापेक्षी सडक मानवको उद्धार
Published:
by .इटहरी । इटहरी र धरानवाट १२ जना वालवालिका सहित १ सय ५ जना सहयोगापेक्षी सडक मानवको उद्धार गरिएको छ ।
धरान र इटहरी उपमहानगरका सडकमा वस्ने १ सय ५ जना ब्यक्तिहरुको उद्धार गरिएको हो । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको अगुवाईमा इटहरी र धरान उपमहानगर तथा मानव सेवा आश्रमको संयोजनमा उनीहरुलाई उद्धार गरिएको थियो । सडकमा जीवन कटाइरहेका उनीहरुलाई इटहरीको शुभारम्भ पार्टी प्यालेसमा ल्याएर कपाल, नङ्ग काटी दिई नुहाएर नयाँ कपडा प्रदान गरिएको थियो ।
जसमा पेश्को मेकअप स्टुडियो इटहरीको तर्फवाट निशुल्क कपाल,नङ्ग काटने कार्य भएको हो । १सय ५ जना मध्ये १२ जना वालवालिकालाई भ्वाइस अफ चिल्डे’न इटहरीमा पठाइएको छ । अन्य ९३ जनालाई मानव सेवा आश्रम विराटनगर लगिएको छ । सामाजिक विकास राज्य मन्त्री जसमायाँ गजमेरको उपस्थितिमा सडक बालबालिहरुलाई उद्धार गरिएको हो ।
राज्यमन्त्री गजमेरले प्रदेश १ का सडकमा कोहि पनि जनता भोकभोकै वस्नु नपरोस भनेर प्रदेश सरकार उद्धारमा लागेको बताइन् । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमको अध्यक्षतामा भएको सहयोगापेक्षी सडक मानव उद्धार पूर्नस्थापना तथा सहभोज कार्यक्रममा धरानउपमहानगरकी उपप्रमुख मन्जु भण्डारीले स्वागत गरेकी थिइन् ।
धरान उपमहानगरका प्रमुख तिलक राई, ,सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्की,सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्र पोखरेल,मानव सेवा आश्रमका सचिव सुमन वर्तोलाले शुभकामना मन्तब्य ब्यक्त राखेका थिए । आज उद्धार गरिएका सहयोपेक्षी सडक मानवहरुलाई परामर्श र स्वास्थ्य उपचार पछि आफनो घरमा पुर्नस्थापना हुन चाहनेलाई पूर्नस्थापना र आफन्त कोही पनि भएका तथा पूर्नस्थापना गराउन नसकिएकाहरुलाई मानवसेवा आश्रममा राखिने इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् ।
Comments