Sajhamanch Archive

पत्रकार न्यौपानेलाई प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कार’

Published: in समाज by .

झापा । नेपाल निजामति कर्मचारी संगठन झापाले ‘प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कार’ बाट विवेचना दैनिकका सम्पादक सुब्रत न्यौपानेलाई पुरस्कृत गरेको छ ।

एपीवान टेलिभिजनका झापा व्युरो प्रमुख समेत रहेका न्यौपानेलाई शनिबार जिल्ला समन्वय समितिमा आयोजित समारोहका बीच ७ हजार ७ सय ७७ रुपैयाँ नगद सहित पुरस्कृत गरिएको हो ।

भ्रष्टाचार, ढिलासुस्ती र अनियमितताविरुद्ध निरन्तर कलम चलाउँदै आएका पत्रकार न्यौपाने २० वर्षदेखि झापाको पत्रकारितामा क्रियाशील छन्।

पत्रकारिताको माध्यमबाट अविच्छिन्न रुपमा समाज रुपान्तरणमा गरेको योगदानको कदर गर्दै अग्रज पत्रकार न्यौपानेलाई पुरस्कृत गरिएको नेपाल निजामती कर्मचारी संगठन झापाका अध्यक्ष केदार पोखरेलले बताए ।

पत्रकार न्यौपानेलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य बसन्त बानियाँ, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपमहासचिव चेतनाथ न्यौपाने, पेशागत महासंघका प्रदेश इन्चार्ज देवराज कार्की, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना र राष्ट्रसेवक सहकारी संस्थाका अध्यक्ष बशिष्ठ अधिकारीले दोसल्ला ओढाएर नगदसहित पुरस्कृत गरेका हुन् ।

यसवर्षको उत्कृष्ट राष्ट्रसेवक कर्मचारी पुरस्कारबाट कृषि ज्ञान केन्द्र झापाका कार्यालय सहयोगी मीनबहादुर विष्ट र कचनकवलका स्वास्थ्यकर्मी पुण्य बराललाई पुरस्कृत भएका छन् । उत्कृष्ठ राष्ट्रसेवक कर्मचारी पुरस्कारको राशि १० हजार एकसय एकाउन्न रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *