Sajhamanch Archive

झापाको शिवसताक्षीमा चासोक तङ्नाम मनाइयो

Published: in समाज by .

शिवसताक्षी । झापा शिवसताक्षीमा चासोक तङ्नाम तथा न्वागी पुजा विविध कार्यक्रम गरी मनाइएको छ ।

अघिल्लो वर्ष तामझामका साथ मनाइएको चासोक तङ्नाम यसवर्ष कोरोना भाइरसको कारणले स्थानीय स्तरमा मात्र मनाइएको हो । बुधबार नगरको वडा नं. १, ३, ७ , ९ र १० मा चासोक तङ्नाम मनाइएको थियो ।

वडा नं. १ ले शिवसताक्षीको धरमपुरमा विविध सास्कृतिक कार्यक्रम गरी चासोक मनाएको छ । त्यस्तै वडा नं. ३ ले पाराबारी, वडा नं. ७ को मिलचोक, वडा नं. ९ ले दूधे र वडा नं. १० माइधारको माङ्हिम मन्दिर न्वागी पुजा गरी चासोक तङ्नाम मनाएका हुन् ।

शिवसताक्षीको मिलनचोक आयोजित चासोक तङ्नाम कार्यक्रममा शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार सेर्माले उद्घाटन गरेका थिए । उद्घाटनका क्रममा बोल्दै मेयर सेर्माले चासोक लिम्बु जातिहरुको साँस्कृति पर्व भएकाले यसले समाजका सबै जात जातिलाई एकताको सुत्रमा बाँध्ने बताए । नेपाल विविध जाती बहुसाँस्कृतिक र बहु धार्मिक देश भएकाले सबै जाति धर्मले समाजलाई एकताको सुत्रमा आदिम कालदेखि बाँध्दै आएको बताए ।

कार्यक्रममा उप प्रमुख भोजकुमारी नेपाल, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, वडाध्यक्ष नविन इजमलगायतको उपस्थिति रहेको थियो ।

प्रत्येक वर्ष मंसिर पूर्णिमाको दिन मनाइने यो चाडलाई विषेश गरी प्रकृति पूजक मानिने किराँत समुदायले मनाउने गर्दछन् । चासोक तङनाम अर्थात ‘न्वागी पूजा’ मा घरमा नयाँ अन्न बाली भित्र्याइसकेपछि प्रकृतिलाई चढाएर भोगचलन गरे विभिन्न किसिमका शारीरिक समस्याहरू नआउने मान्यता किराँत समुदायमा रहको यस वर्ष पनि चासोक तङनामको आयोजना गरिएको मनाइएको दूधे स्थित नालिफुङ्वा चुम्भोका अध्यक्ष विरबल जवेगुले बताए ।

विगत वर्षहरुमा चासोक तङनाम बृहत कार्यक्रम गरी मनाइए पनि यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्य नजर गर्दै शिवसताक्षीको दूधेमा न्वागी पुजा र सामान्य जातीय नाच गान मात्र गरेर मनाइएको नालिफुङ्वा चुम्भोका सचिव भिम लिवाङले जानकारी दिए ।

आदिमकालमा किराँतीहरूले उत्पादन गरेको विभिन्न अन्नवालीलाई नचढाई खाँदा विभिन्न किसिमका रोगहरू लागेको र पछि चढाएर खाएपछि मात्र सबैको रोग निको भएको ऐतिहासिक तथा सांस्कृतिक मान्यता रहेकाले वर्षेनी अन्नवालीलाई चढाई प्रसादको रुपमा खाएर चासोक तङ्नाम मनाउँदै आएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *