Sajhamanch Archive

मेची अस्पतालको डायलसिस सेवा व्यापार भएको पीडितहरुको गुनासो

Published: (Updated: ) in समाज by .

भद्रपुर । सरकारले मृगौला रोगीको उपचार निशुल्क गर्ने भने पनि घुमाउरो बाटोबाट व्यापार सुरू गरेको पीडितहरूको गुनासो छ ।

मृगौला रोगीलाई डाइलसिस सेवा निशुल्क दिइरहेको भद्रपुर स्थित मेची अस्पतालले सरकारी सेवालाई निजी व्यापारिक समूहको जिम्मा लगाएपछि सरकार नै व्यापारमा लागेको पीडितहरूको गुनासो आएको हो ।

दीर्घ रोगका रूपमा रहेको मृगौला रोग पीडितले विगतमा निशुल्क सेवा लिइरहेको भए पनि सरकारी निर्णय भन्दै विराट हेल्थ कियरलाई ५ वर्षका लागि डाइलसिस सेवा ठेक्कामा दिएपछि घुमाउरो बाटोबाट शुल्क असुल्न थालेको पीडितहरूको भनाई छ ।

पछिल्लो पटक सेवाग्राहीबाट प्रतिपटक विना कारण दुई सयसम्म असुल्न थालिएको उनीहरूको गुनासो छ ।

यता अस्पताल प्रशासन भने सेवा प्रवाह मात्र सरकारले ठेक्कामा लगाएकोले कुनै पनि शुल्क नलाग्ने दाबी गर्दै अझ राम्रो व्यवस्थापन रहेको बताउँदै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *