Sajhamanch Archive

झापाका ८३ बाढी पीडितलाई न्यानो कपडा वितरण

Published: (Updated: ) in समाज by .

बिर्तामोड । झापा गाउँपालिकाका बाढी पीडितलाई न्यानो कपडा वितरण गरिएको छ ।

शुक्रवार एक कार्यक्रमका बिच लायन्स क्लब अफ सुरुङ्गासंँगको सहकार्य र सहारा नेपाल साकोसको सहयोगमा ८३ घर परिवारलाई ८३ थान न्यानो सिरक बितरण गरिएको हो ।

झापा गाउँपालिका–१ का बाढी पीडित, सन्थाल समुदायका गरिव विपन्न परिवारलाई जाडोमा न्यानो सिरक वितरण गरिएको झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजना गरिएको सो कार्यक्रमा झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिना , गाउँपालिकाका अध्यक्ष जय नारायण साह, झापाका प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईराला, सशस्त्र प्रहरी बलका सप्रउ रमेश पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *