वैदिकको नवौं वार्षिक साधारसभा सम्पन्न
Published:
by .![](https://old.sajhamanch.com/wp-content/uploads/2021/01/Vaidik-Sava-2.jpg)
भद्रपुर । वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर १० को नवौं वार्षिक सभा सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष अरूण बस्नेतको अध्यक्षता तथा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो ।
सभामा वार्षिक प्रगतिविवरण तथा आगामी नीति कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष अरूण बस्नेतले ३ सय ४५ जना शेयर सदस्य रहेको संस्था शेयरधनी लक्ष्यित सेवा प्रवाहमा जोड दिइरहेको विवरण पेश गरेका थिए । अध्यक्ष बस्नेतले कोरोना कहरका कारण विगत वर्षहरूमा जस्तो बृहद कार्यक्रम गर्न नसकेको समेत अवगत गराएका थिए ।
कार्यक्रममा कोषाध्यक्ष डिल्लीराम अधिकारीले एक करोड २१ लाख ९३ हजार १ सय २६ रूपैयाको वार्षिक कारोवार गरेको संस्थाले ३ लाख २२ हजार ६ सय ६६ रूपैया खुद नाफा गरेको विवरण प्रस्तुत गरेका थिए ।
उपाध्यक्ष प्रकाश निरौलाले स्वागत गरेको सभाले वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत रूपले पारित गरेको थियो ।
Comments