हिन्दु जागरण नेपाल जिल्ला समितिको अध्यक्षमाः तिलक दर्जी
Published:
by .कमल ।हिन्दु जागरण नेपाल जिल्ला समिती झापाको दोस्रो विस्तारित भेलाले तिलक दर्जी लाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।
त्यसैगरी समितिको उपाध्यक्षमा सविता कटुवाल,सचिव सिताराम तिम्सिना, कोषाध्यक्ष निरोज खनाल, सर्वसम्मत चयन भएका छन् ।
समितिकोे सदस्यमा चन्द्र प्रसाद अधिकारी, गंगादेवी थापा, राम ढुङ्गाना, पुर्ण लिम्वु लगायत ३१ जना सदस्य रहेको समिति गठन गरिएको नव गठित समितिका सचिव सिताराम तिम्सिनाले जानकारी दिए ।
कमल गाउँपालिका ३ स्थित श्री शहिद धर्मभक्त माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भेलाले जातीय छुवाछूत विरुद्धको महाअभियान हटाउने निर्णय सहित भेला सम्पन्न भएको नव गठित समितिका अध्यक्ष तिलक दर्जीले बताए ।
Comments