सर्वोच्चलाई सरकार र राष्ट्रपति कार्यालयको जवाफ आज
Published:
by .काठमाडौं । प्रतिनिधिसभा विघटनबारे सरकार र राष्ट्रपति कार्यालयविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा आज राष्ट्रपति कार्यालयले लिखित जवाफ पेश गर्ने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलाशले संसद विघटन सम्बन्धी मन्त्रिपरिषबाट भएको निर्णयको सक्कल प्रति, राष्ट्रपतिको निर्णयको सक्कल प्रतिका साथै संसदसँग सम्बन्धित आवश्यक कागजात ५ दिनभित्र पेश गर्न आदेश दिएको थियो ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार कानूनी परामर्श सकिएकाले आज आइतबार दिउँसो जवाफ पेश गर्ने तयारी छ । त्यस्तै सरकारको तर्फबाट पनि महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गर्ने तयारी गरेको छ ।
Comments