Sajhamanch Archive

मृगौला पीडित बालकको उपचारका लागि सहयोग रकम हस्तान्तरण

Published: in समाज, स्वास्थ्य by .

कमल । कमल गाउँपालिका वडा नं. ४ का ७ वर्षीय बालकको उपचारका लागि सहयोग रकम जुटेको छ । वडा नं. ४ निवासी मिलडाँडा स्थित कृष्ण बहादुर नेम्वाङका छोरा एलेन नेम्वाङको उपचारको लागि सहयोग रकम जुटेको छ ।

एलेनको दुवै मृगौला फेल भएपछि उपचारको लागि विपि स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भैरहेको छ । एलेनको उपचारको लागि पेभाकुम नेम्वाङ समाज झापाकोे अगुवाईमा युकेमा कार्यरत ३१ जनाबाट ९९५ पौण्ड अर्थान नेपाली रकम १ लाख ५६ हजार ४ सय ५५ रुपैया सहयोग प्राप्त भएको हो । उक्त रकम प्रदेश सभा सदस्य सांसद झलकसिं दर्लामी, समाजका अध्यक्ष चन्द्रविर नेम्वाङ्गले संयुक्त रुपमा एलेनका बुबा कृष्णबहादुरलाई प्रदान गरेका थिए ।

रकम प्रदान गर्दै सांसद झलकसिंह दर्लामीले अप्ठ्यारोमा परेका बेला सहयोग गर्ने सहयोगी मनहरुलाई धन्यवाद दिएका थिए । उनले उपचारका बेला थप समस्या परे सम्पर्क गर्न र बाबुको स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।

आर्थिक अभावले छोराका उपचारमा समस्या भएपछि नेम्वाङ समाजले उपचारका लागि पहिल गरिदिएको समाज अध्यक्ष चन्द्रविर नेम्वाङले जानकारी दिए ।

समाजको उपाध्यक्ष कमल नेम्बाङ, महासचिव दिल कुमार नेम्बाङ, सचिव नन्दहाङ नेम्बाङ, सदस्यहरु भिम नेम्बाङ, नेत्र नेम्बाङ, अभिषेक नेम्बाङ, नेम्बाङ वंशावलि प्रकाशन समितिका सचिवालय सदस्य दुर्गा नेम्बाङ, समाज सेवी एल नेम्बाङ, राजु दर्नाल र भुवन राई लगायतले एलेनको उपचारका लागि रकम जुटाउन सहयोग रहेको अध्यक्ष नेम्वाङले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *