शिवसताक्षीको सेर्मा टोलमा डिप बोरिङ्गको काम सुरु
Published: (Updated: )
by .शिवसताक्षी । झापाको शिवसताक्षी शिवसताक्षी ११ स्थित सेर्मा टोलमा डिप बोरिङ्गको काम सुरु भएको छ ।
शिवसताक्षी नगरको सुख्खा ग्रस्त क्षेत्रमा सिचाईको लागि डिप बोरिङ्गको काम सुरु भएको हो । समृद्ध तराई मधेश आयोजना अन्तर्गत करिब १ करोडको लागतमा बोरिङ्गको काम सुरु भएको हो ।
कृषि उत्पादनका लागि आकाशे पानीको भर पर्नु पर्ने स्थानहरुको पहिचान गरी डिप बोरिङ्गको काम सुरु गरिएको प्रदेश संसाद झलकसिंह दर्लामीले जानकारी दिए । कृषि क्षेत्रको विकास प्रर्वधन र किसानको उत्पादनलाई बृद्धि गर्नको लागि सुख्खा ग्रस्थ क्षेत्रमा बोरिङ्गको अवधाराणा ल्याएको सांसद दलार्मीको भनाई छ । उनका अनुसार गौरीगञ्ज गाउँपालिका १ महभारा, होकलबारी र वडा नं. २ कोरोबारीको लालमाटीमा डिप बोरिङ्गको काम अन्तिम चरणमा पुगेको छ । डिप बोरिङ्गको काम उच्च कोटी ट्युवेल ड्रिलिङ कम्पनी प्रालिले गरेको हो ।
समृद्ध तराई मधेश आयोजनाका सिनियर इन्जिनियर बलराम उपाध्यायले डिप बोरिङ्गबाट ६० देखि १०० विगाह जमिनलाई सिचित गर्ने बताए । उनले ४५० फुट जमिन मुनीबाट पानी निकाल्न सकिने समेत जानकारी दिए । गौरीगञ्ज १ र २ को पानीको स्रोत पत्ता लागेकाले बोरिङ्ग सफल हुने इन्जिनियर उपाध्यायको भनाई छ ।
डिप बोरिङ्ग सञ्चालन भएपछि स्थानीय किसानले राहत महशुस गर्ने छन् र कृषि उत्पादनमा बृद्धि हुने विश्वास गरिएको छ ।
Comments