Sajhamanch Archive

भेरीमा नदीमा बस खस्यो, १ को मृत्यु, २ घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

सुर्खेत ।  सुर्खेतको गुर्भाकोट नगरपालिका–९, भुल्के नजिकै भेरी नदीमा बस खस्दा  १ जनाको मृत्यु भएको छ, २ जना गम्भीर घाइते भएका छन् ।

दाङबाट सल्यानको सल्लीबजारतर्फ जाँदै गरेको ना ५ ख ७७५० नम्बरको बस भेरी नदीमा खस्दा दाङको बबइ गाउँपालिका ३, का २१ वर्षीय सुमन नेपालीको मृत्यु भएको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

उनका अनुसार अरु २ जना घाइतेलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको छ ।  प्रहरीका अनुसार गाडीमा तीन जनामात्रै सवार थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *