Sajhamanch Archive

सवारी दुर्घटनामा परी शिवसताक्षीमा एक जनाको ज्यान गयो

Published: in समाज by .

शिवसतक्षी । गए राति सवारी दुर्घटनामा परी शिवसताक्षी ११ का एक जनाको ज्यान गएको छ ।

शनिबार राति साढे ८ बजेतिर भएको सवारी दुर्घटनामा परेर शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का छबिरमण ढकालको ज्यान गएको हो । झापाको दमकबाट मोटरसाइकलमा पूर्वतर्फ आउँदै गरेका ३३ वर्षीय ढकालको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

प्रहरीका अनुसार शिवसताक्षी नगरपालिकाको वडा नम्बर १ स्थित धरमपुर कमल खोला सडक खण्डमा उक्त दुर्घटना भएको हो । उनले चलाएको मे ३ प ९८९६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भएर दुर्घटना भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *