बुधबारे जेसीजमा पद हस्तान्तरण, अबको नेतृत्व वाग्लेले गर्ने
Published:
by .बुद्धशान्ति । बुधबारे जेसीजको आठौं पद हस्तान्तरण शनिबार सम्पन्न भएको छ ।
बुद्धशान्ती गाउँपालिकाका अध्यक्ष रमेशकुमार भूजेलको प्रमुख आतिथ्यमा बुधबारेमा एक कार्यक्रमकाबीच पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको हो । सो अवसरमा बुद्धशान्तिका वर्ष उत्कृष्ट व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो ।
सम्मानित हुनेहरुमा वर्ष उत्कृष्ट पत्रकारका रूपमा पूर्वेली साप्ताहिकका सहसम्पादक, पालिका सन्देश न्यूज पोर्टलका सम्पादक साथै बुद्धशान्ति प्रेस क्लबका सदस्य तीर्थ तिम्सिना, वर्ष उत्कृष्ट जेसीमा बिनोद रिजाल, जग्गादाता ज्ञानेन्द्र घिमिरे र कोरोना कहरमा महत्त्वपूर्ण भूमिका खेल्ने एम्बुलेन्स चालक रविन खतिवडा रहेका छन् ।
बुधबारे जेसीजका अध्यक्ष नन्दु राई, गाउँपालिका अध्यक्ष भुजेल लगायतले उनीहरुलाई दोसल्ला र सम्मानपत्रले प्रदान गरेका थिए । बुधबारे जेसीजको नेतृत्व अब पत्रकार अनिल वाग्लेले सम्हालेका छन् ।
Comments