देवी वस्तीमा माता पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर सञ्चालनमा
Published: (Updated: )
by .बिर्तामोड । झापाको अर्जुनधारा –६ देवीवस्तीमा आइतबारबाट माता पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ ।
व्यवसायी सुजन शिवाकोटी, सञ्जयकुमार यादव, डा.शक्ति शाह, सञ्जयकुमार शेठ,डा.सन्तोषकुमार यादवले १५लाख रुपैयाँको लागतमा अर्जुनधारा –६ देवीवस्ती माता मन्दिर अगाडी माता पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर सञ्चालनमा ल्याएका हुन् ।
त्यस क्षेत्रका वासिन्दालाई विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य सेवा पुर्याउने उद्धेश्यले माता पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर सञ्चालनमा ल्याएको सञ्चालक तथा अध्यक्ष सुजन शिवाकोटीले बताए ।
त्यस क्षेत्रका वासिन्दा स्वास्थ्य सेवा लिनका लागी बिर्तामोड वा शनिश्चरे जानुपर्ने बाध्यतालाई माता पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरले अन्त्य गर्ने उनले बताए ।
माता पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरबाट विशेषज्ञ डाक्टरहरुको ओपीडी सेवा, सुविधासम्पन्न ल्याव सेवा, प्राथमिक उपचार तथा परामर्श सेवा, इसीजी सेवा, फार्मेसी सेवा प्रदान गरिने सञ्चालक तथा प्रवन्ध निर्देशक सञ्जयकुमार यादवले बताए ।
यसैबीच माता पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरले उद्घाटनको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
शिविरमा वरिष्ठ फिजिसियन डा. सन्तोषकुमार यादव , स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.सोमा गुप्ता, वरिष्ठ सर्जन डा. अस्विनी यादव , डा.अशोक यादव लगायतले विभिन्न रोगका विरामीहरुको स्वास्थ्य परिक्षण गरेका थिए शिविरमा सहभागि पाँच सय भन्दा वढी विरामीहरुको सम्पूर्ण ओपीडी सेवा निशुल्क गरिएको थियो भने ल्याब परिक्षणमा १५ प्रतिशत छुट प्रदान गरिएको थियो ।
शिविरमा सहभागी बिरामीले घर आँगनमै स्वास्थ्य सेवा प्राप्त गरेको भन्दै खुशी व्यक्त गरेका थिए ।
Comments