निर्माण व्यवसायीद्वारा प्रहरी प्रमुख कोइराला र डिएसपी रिजालको बिदाई
Published:
by .बिर्तामोड । निमार्ण व्यवसायी संघ झापाले आईतबार एक कार्यक्रमका बीच प्रहरी प्रमुख कोइराला र डिएसपी रिजालको बिदाई गरेको छ ।
एक बर्षअघि झापा आएका कोइराला र रिजालको यसै साता सरुवा भएको थियो । कोइरालाको महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा काठमाडौँ र रिजालको जिल्ला प्रहरी कार्यालय दाङ सरुवा भएको छ ।
झापाको शान्तिसुरक्षा र कोरोना संक्रमण नियन्त्रणका सन्दर्भमा झापाका प्रहरी प्रमुख कोइराला र बिर्तामोडका डिएसपी रिजालले महत्वपूर्ण भूमिका खेलेको भन्दै उनीहरुलाई सम्मान सहित बिदाई गरिएको निमार्ण व्यवसायी संघ झापाका अध्यक्ष मिलन बस्नेतले बताए । उनले निमार्ण व्यवसायीलाई लकडाउनको समयमा प्रहरी प्रशासनले धेरै नै सहयोग गरेको भन्दै प्रंशसा गरेका थिए ।
उनीहरुलाई क्र्रसर तथा खानी व्यवसायी महासंघका केन्द्रिय सदस्य तथा निमार्ण व्यवसायी शेरबहादुर थापा, साना निमार्ण व्यवसायी संघका सन्तोष राजवंशी, निमार्ण व्यवसायीहरु यज्ञ भुर्तेल, सिताराम ढुङ्गेल, राजकुमार राई, हिमाल सिटौला, रामप्रसाद बाराकोटी, कृष्ण प्रसाई, केशव रिजाल , अनिल भट्टराई , तुलसी भट्टराई लगायतले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
बिदाई समारोहमा बोल्दै झापा प्रहरी प्रमुख कोइरालाले झापाका नागरिकले शान्ति सुरक्षा कायम गर्न गरेको सहयोगलाई सदैव सम्झने बताए । उनले झापा जिल्लामा कार्यरत रहँदा सबै क्षेत्रबाट साथ सहयोग पाएको र जनताको शान्ति सुरक्षाकालागि अहोरात्र खटिएको बताए ।
प्रहरी प्रमुख कोइरालाले झापाको शान्ति सुरक्षामा आफूले सक्दो प्रयास गरेको बताउंदै समुदायको सहयोग र मन जितेर काम गरेको भन्दै झापाका नागरिकले गरेको सहयोग नबिर्सने बताए । यो सम्मान हामीप्रतिको विश्वास र भरोसा हो, एसपी कोइरालाले भने, यसलाई म कहिल्यै टुट्न दिन्न ।
निमार्ण व्यवसायी संघ झापाका निवर्तमान अध्यक्ष दीपेन्द्र पोखरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन संघका महासचिव ओम पौडेलले गरेका थिए । कार्यक्रममा निमार्ण व्यवसायी तुलसी भट्टराईद्धरा लिखित समता खण्डकाब्य पुस्तक मायाको चिनो स्वरुप प्रहरीद्धयलाई दिइएको थियो ।
Comments