Sajhamanch Archive

इलाका प्रहरी कार्यालय दमकद्वारा १५ महिनाको उपलब्धि सार्वजनिक

Published: (Updated: ) in समाज by .

कमल । ईलाका प्रहरी कार्यालय दमकले कार्यकालले हालसम्मका उपलब्धिकका बारेमा जानकारी गराएको छ ।

कार्यलयमा प्रत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी आफ्नो १५ महिने वसाईमा ईलाका प्रहरी कार्यलय दमकबाट भएका उपलब्धिका बारेमा प्रहरी नायव उपरिक्षक ( डिएसपी ) विजयराज पण्डितले जानकारी गराएका हुन् ।
कार्यालयले गरेको मुख्य उपलब्धि अन्तरगत ५ सय ६९ दशमलव ३१ ग्राम ३१ मिलिग्राम व्राउन सुगर बरामदगरी अनुसन्धान पछि जिल्ला अदालत झापामा बुझाएको बताएको छ । सरकारी छाप र किर्ते दस्तखत गरी सरकारी जग्गा व्याक्तिकोमा नामसमरी गर्ने व्याक्तिलाई जिल्ला अदालत झापामा बुझाएको, अवैध हतिया, मान बेचबिखन तथा ओसार पसार कर्तव्य ज्यान संग सम्बन्धित व्याक्तिलाई समेत अनुशन्धान पछि अदालतमा बुझाएको कार्यलयले जनाएको छ ।

त्यसैगरी यो १५ महिनाको अवधीमा जम्मा दुईसय १६ मुद्धा दर्ता भएका छन् । जसमध्ये एकसय ३४ मुद्धा फछ्र्यौट भईसकेको छ । फछ्र्यौट भएका मुद्धामध्ये दुईसय ४५ पुरुष र १३ जना महिला रहेका छन् भने ८२ मुद्धा फछ्र्यौट हुन बाँकी रहेको डिएसपी पण्डितले जानकारी दिए ।

विभिन्न समयमा अवैधरुपम भन्सार छलि गरेर ल्याएको ७९ हजार ९८ रुपैया मुल्य बराबरको चाँदी, २० हजार मुल्यको थान कपडा, १ लाख ५८ हजार रुपयाँ बो सुर्ति, विडी र १ सय ७५ क्युफिट काठ र मे १ त २३७८ नम्वर को ट्याक्कटर बरामद गरी भन्सार बुझाएको कार्यालयले जनाएको छ ।

मोटर साईकल चोरीका ५८ वटा निवेदन परेका मध्ये ७ वटा मोटरसाईकल फेलापारी कारवाही चलाएको , ८ वटा मोटरसार्यकल सम्कन्धित व्याक्तिलाई बुझाउको र १४ वटा मोटर साइकल फेलापारे पनि धनि एकिन नभएको डिएसपी पण्डितले जानकारी बताए ।

लकडाउन उल्लघङ्गन गर्ने सवारी साधन मध्ये चार पाङग्रे १३ थान, दुई पाङग्रे २ सय १५ थान सिट र अटो २७ थान लाई नियन्त्रणमा लिएर कार्वाही गरिएको जानाईएको छ ।

शान्ति सुरक्षामा देखिएका समस्या र चुनौती, अपराध अनुसन्धानमा देखिएका समस्या र चुनौती, फरार प्रतिवादी पक्राउ, सामुदायकि प्रहरी साझेदारी कार्यक्रम, सडक वालवालिकाको उद्धार, लक डाउन कार्यान्वयनमा गरेका महत्वपुर्ण कार्यक्रम लगायतका वारेमा समेत पत्रकार भेटघाट कार्यक्रममा जनाकारी गराइएको थियो ।

सिमित स्रोत साधन र जनशक्तिका बिच पनि दमक प्रहरीले अपराध न्युनिकरण गरी समाजमा शान्ति सुरक्षा राख्न सफल भएको छ । प्रहरीलाई यो सफला दिलाउन भुमिका निर्वाह गर्ने सम्पुण पत्रकार, राजनीतिक दल, व्यवसायी लगायतलाई समेत डिएसपी पण्डितले धन्यवाद दिएका थिए ।
१५ महिना अगाडी ईलाका प्रहरी कार्यालय दमकमा आएका प्रहरी नायव उपरिक्षक( डिएसपी ) विजयराज पण्डित सरुवा भएर गण्डकी प्रदेशको प्रहरी तालिम केन्द्र जाने भएका छन् भने अख्तियार अनुशन्धान आयोगमा कार्यरत डिएसपी नवराज कार्की दमकमा सरुवा भएर आउने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *