बन तस्करी गरेको आरोपमा गैंडे सामुदायिक वनका अध्यक्ष र उपाध्यक्ष पक्राउ
Published: (Updated: )
by .शिवसताक्षी । शिवसताक्षीको रहेको गैडे सामुदायिक वनका अध्यक्ष र उपाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । छपन हानेको सुख्खा खडा रुख ढालेर तस्करी गरेको आरोपमा अध्यक्ष अमृतबहादुर कार्की र उपाध्यक्ष चन्दबहादुर रायलाई प्रहरीले पक्राउ गरेको हो ।
। जिल्ला वन डिभिजन कार्यालय र रतुवा माई वृक्षरोपण आयोजनाको संयुक्त गस्तिले सामुदायिक वनको हाता भित्रै टुना सहित अध्यक्ष कार्की र रायालाई पक्राउ गरेको हो । आयोजना क्षेत्र शिवसताक्षी १० को बासपानी खोल्सीमा साखु जातको दुई वटा सुख्खा ठाडो रुख ढालेर साइज अनुसारको बनाई सामुदायिक वनको कार्यालयमा पारालले छोपेर लुकाई रहेको अवस्थामा राखेको भन्दै अध्यक्ष र उपाध्यक्षलाई पक्राउ गरेको रतुवा माई वृक्षरोपण आयोजना युनिट प्रमुख झिलझिलेका प्रदिप अर्यालले बताएका छन् ।
उनीहरुलाई हाल जिल्ला डिभिजन वन कार्यालय भद्रपुरमा अनुसन्धानको लागि राखिएको बताइएको छ । अर्यालका अनुसार छपन लगाएर राखिएको सुख्खा खडा रुखको गोलाई १०२ इन्च माथिका रहेका छन् । त्यस मध्ये एउटा रुख साइज बनाएर सामुदायि वन कार्यालयको काठ काट्ने बेन्चो मिल परिसरमा लुकाएर राखिएको आवस्थामा फेला परेको थियो । स्थानीयले जानकारी गराएपछि खोज अनुसन्धान गर्ने क्रममा सामुदायिक वन कार्यालयभित्र फेला परेको युनिट प्रमुख अर्यालको भनाई छ ।
करिव तीन महिना अगाडी बासपानी खोल्सीमा सुकेको ठाडो रुखलाई छपन लगाई क्षत्रेीय वन निर्देशनालय धरानलाई आवश्यक निरिक्षणका लागि जानकारी दिइएको बताइएको छ । निर्देशनालयले उक्त रुखको प्रकृति ठिक भए नभएको सहमती पत्र दिने नियम रहेको छ । त्यसपछि मात्र कटानका लागि आदेश माग्न वन पैदावर विकास समिति काठमाण्डौं बवरमहललाई इजाजत माग्ने नियम रहेको छ । सबै प्रकृया पुगेपछि टेण्डर आवह्न गरी काटान गर्ने नियम रहेत पनि उक्त नियम नै पूरा हुन नपाउँदै रुख कटान भएको आयोजनाको भनाई छ ।
यता समातिएका रुख तस्करीहरुले काटेर लान तयार पारेको अवस्थामा फेला परेको समितिका सचिव कुमारी योङहाङ फागोले बताएकी छिन् । उनले सामुदायिक वनले उक्त रुखको बरामदी मुचुल्का समेत उठाएर कार्यालयमा ल्याई घाटगद्धि गरेर राखेको अवस्थामा पक्राउ परेको जानकारी दिइन्। बरामदी काठ रतुवा माई वृक्षरोपण आयोजना युनिट झिलझिलेमा ल्याएर घाटगद्धि गरिएको छ भने पक्राउ परेका अध्यक्ष र उपाध्यक्ष जिल्ला वन डिभिजन कार्यालय भद्रपुरमा आवश्यक अनुसन्धानको लागि राखिएको जिल्ला वन डिभिजन कार्यालयले जनाएको छ। पक्राउ परेका काठ ३ सय २१ क्यू फिट रहेको छ भने २८ वटा टुना रहेको छ ।
Comments