सुनचाँदीको भाउ बढ्यो
Published: (Updated: )
by .![](https://old.sajhamanch.com/wp-content/uploads/2020/08/gold-sun-1112x700-1.jpg)
काठमाडौं । साताको पहिलो र दोस्रो दिन लगातार घटेको सुनको भाउ तेस्रो दिन आज भने ६ सयले बढेको छ।
आज बढेर छापावाल सुन प्रतितोला ९२ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मुल्यमा पनि तोलामा २० रुपैयाले बढेको छ। आज चाँदी प्रतितोला १२ सय ५० मा कारोबार भइरहेको महासंघले जनाएको छ।
Comments