कमल नगर जेसीजको अध्यक्षमा खनाल
Published:
by .कमल । कमल नगर जेसीज वर्ष २०२१ कालागी अध्यक्षमा जेसी छत्रपति खनाल(गोपाल) निर्वाचित भएका छन् । कमल नगर जेसीजको अधिवेशनबाट खनालले निर्वाचित भएका हुन् ।
कमल नगर जेसीजको स्थापनादेखि नै सक्रिय खनाल जेसीजको वर्ष २०१५—२०१६ मा कोषाध्यक्ष, २०१७ मा साधारण सदस्य, २०१८ मा उपाध्यक्ष २०१९ मा कार्यकारिणी उपाध्यक्ष र २०२० महासचिवको जिम्मेवारी पुरा गरि सकेका छन् ।
त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा जेसी भिम अधिकारी र देवी प्रसाद दाहाल निर्वाचित भएका छन् ।
उपाध्यक्षमा जेसी तिर्थ पौडेल, जेसी प्रविण खड्का,,जेसी नविन भण्डारी, तालिम निर्देशकमा जेसी युवराज पाठक र जनसम्पर्क अधिकारीका लागी जेसी कमला दाहाल सर्वसम्मत चयन भएको संयोजक कटुवालले बताए ।
पुर्वअध्यक्ष तथा आजिवन सदस्य गरी जम्मा ४२ मत रहेको कमल नगर जेसीजमा ४० मत खसेको थियो जसमध्ये अध्यक्षमा २ मत र कार्यकारिणी उपाध्यक्षमा ६ मत बदर भएको निर्वाचन समितीले जनाएको छ ।
Comments