Sajhamanch Archive

दुर्घटना बढ्पछि ट्राफिक प्रहरी सक्रिय, शिवसताक्षीमा पनि टाँसियो सवारी साधनमा रिफ्लेक्सन स्टिकर

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

 झापा । पछिल्लो समय सडक सुरक्षामा झापा ट्राफिक प्रहरीले सक्रियता देखाएको छ । पुर्वपश्चिम राजमार्ग र जिल्लाको अन्य भित्री स्थानमा रहेका सडकहरुमा सञ्चालन हुने सवारी साधनहरुको ट्राफिक प्रहरीले नियमन गर्न सुरु गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा ट्राफिक नियम तथा सवारी सम्बन्धी सचेतना मुलक कार्यक्रम अघि सारेको छ । केहि दिन यता झापामा सवारी दुर्घटना बढेको र त्यसका कारण सर्वसाधरण मानिस अङ्गभङ्ग भई कतिपयको ज्यान समेत गएकोले सवारी साधन चेकिङ्गमा तिव्रता दिईएको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

सडकमा दुर्घटना न्युनिकरण गर्न बैज्ञानिक रुपमा प्रहरी अघि बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख समेत रहेका प्रहरी निरीक्षक प्रकाश जवेगुले बताए । उनले भने, ‘अघि पनि ट्राफिक प्रहरी यसरी नै सडक सुरक्षाका लागि राजमार्गमा आएको थियो । अब भने बैज्ञानिक रुपमा सडकमा हुने दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरी सडकमा आउने भएको हो ।’

जिल्ला भित्र र बाहिर जाने यातायातका धनी, चालक तथा सहचालकहरुलाई सचेतना, साईकल तथा ट्याक्टरमा परैबाट देखिने गरिको रिफ्लेक्सन स्टिकर टाँस्ने, सवारी दुर्घटना गराउने दोसीलाई कार्वाहीका लागि समन्वय गर्ने जस्ता कार्यक्रम लिएर ट्राफिक प्रहरी सडकमा निस्कने ट्राफिक प्रहरी निरीक्षक जवेगुले बताए ।

बाक्लो हुस्सु, मादक पदार्थ सेवन, साँझमा विपरित दिशाका दुई यातायातका साधनका चालक बीच बत्तिको समन्वयकारी भुमिका नहुँदा अत्यधिक दुर्घटना बढेको कार्यालयका ट्राफिक प्रहरी नायव निरीक्षक शिवकुमार शर्माले बताए । पछिल्ला दिनमा तीन पाङग्रे सवारी साधन र राजमार्गमा चल्ने राता बसको लापर्बाहीका कारणपनि राजमार्गमा दुर्घटना बढेको प्रहरीको ठम्याई छ ।

ट्राफिक प्रहरीले यातायात मजदुरलाई रुट प्रमिट लिएर मात्र सवारी साधन चलाउन, कागजपत्र दुरुस्त राख्न, निर्धारित भाडादर भन्दा बढी भाडा नलिन, सवारी साधन चलाउँदा मादक पदार्थ तथा लागु पदार्थ सेवन नगर्न र क्षमता भन्दा बढी यात्रु नबोक्न यातायात मजदुरलाई सुझाव दिदै आएको छ ।
झापामा पुसमा मात्र ९७ वटा सवारी दुर्घटनामा परेका थिए । दुर्घटनामा परेर १७ जनाको मृत्यु भयो । यो अन्य महिनाको भन्दा धेरै हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा परेर ४५ जना गम्भिर प्रकृतिको अङ्गभङ्ग भने ७८ जना घाईते भएका छन् ।

झापामा ९७ वटा दुर्घटना हुँदा शिवसताक्षीमा १० वटा दुर्घटना भएका छन् । १० वटा दुर्घटना ५ ज्यान गएको जिल्ला ट्राफिक कार्यालय झापाले जनाएको छ । ईलाका प्रहरी कार्यालय झिलझिले र ट्राफिक प्रहरी पोष्ट झिलझिलेले संयुक्त रुपमा मंगलबार स्टिकर नभएका यातायातका साधनलाई रिफ्लेक्सन स्टिकर टाँसिदिएको छ । झापामा पहिलो पटक झिलझिले ट्राफिक प्रहरी पोष्टले यो अभियान सुरु गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *