सतासीधाम जेसीजको अध्यक्षमा कमल सेन्चुरी चयन
Published: (Updated: )
by .शिवसताक्षी । शिवसताक्षीमा रहेको सतासीधाम जेसीजले नयाँ नेतृत्व चयन गरेको छ ।
विहीबार दूधेमा आयोजित ८ औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशनबाट जसीजको अध्यक्षममा कमल सेन्चुरी सर्वसम्मत चयन भएका छन् । सेन्चुरी २०२१ का लागि अध्यक्षमा चयन भएका हुन् । त्यस्तै कार्यकारी उपाध्यक्षमा लेखनाथ अधिकारी र दारुमान राई चयन भएका हुन् ।
त्यसैगरी उपाध्यक्षहरुमा नविन बाँस्कोटा, विवेक ढकाल, हिमाल दंगाल, रविन घिमिरे रहेका छन् ।
बाँकी पदाधिकारी नवगठित कार्य समिति चयन गर्ने अध्यक्ष सेन्चुरीले जानकारी दिए । कार्यक्रम वर्ष २०२० का अध्यक्ष कुमारसिंह साँवाले २७ लाख ९६ हजार २ सय ५० बराबरको आय व्यय प्रस्तुत गरेका थिए ।
Comments