झापामा मेरो मेचीनगर डट कम सञ्चालनमा
Published:
by .मेचीनगर । हब डिजिटल मिडिया प्रालिद्वारा सञ्चालित मेरो मेचीनगर डट कमको विहीबार विधिवतरुपमा उद्घाटन भएको छ ।
कम्पनी रजिष्ट्रार कार्यालय, सूचना विभाग, प्रेस काउन्सिल र आन्तरिक राजस्व कार्यालयमा दर्ता भए विगत ६ महिनाअघिदेखि मेचीनगर—६ काँकरभिट्टामा मुख्यः कार्यालय रहने गरी सञ्चालनमा रहेको अनलाईनको कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले अनलाइनको वेभसाइड खोलेर उद्घाटन गरेका थिए ।
उद्घाटन मन्तव्य राख्दैं नगरप्रमुख आचार्यले समाजमा लुकेका र सम्बन्धित निकायको ध्यान नपुगेका समाजका मुद्घाहरुलाई उठान गर्नुपर्नेमा जोड दिए । उनले स्थानीय सरकार प्रमुख भएको नाताले स्थानीय सञ्चार माध्यम र सञ्चारकर्मीको नेतृत्व र क्षमता विकासका लागि जस्तोसुकै साथ सहयोग गर्ने प्रतिवद्घता व्यक्त गर्नुभयो । सञ्चारकर्मीहरुले कुनै एउटा विषयमा दक्षता हासील गर्नुपर्ने भन्दैं नगरप्रमुख आचार्यले कसैको आलोचना र प्रशंसामामात्रै अल्मलिनु नहुने बताए ।
मेचीनगर नगरपालिका स्थानीय सञ्चार माध्यम र सञ्चारकर्मीहरुसँग सहकार्य र समन्वय गदैं नगरको विकास र समृद्घकालागि अघि बढ्न तयार रहेको विचार व्यक्त गरे । नगरभित्रै लेख्नै र समाचार बन्ने थुप्रै विषय रहेको भन्दैं उनले यसका लागि कलम चलाउन आवश्यकता रहेको बताए । सञ्चारकर्मीको क्षमता र दक्षता कतिसम्म भन्ने उसको लेखनशैली र व्यवहारले देखाउने भन्दैं शैक्षिक प्रमाणपत्रले मात्रले मात्र उ दक्ष र सीपालु नहुने बताए । व्यपार, उद्योग, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षालगायतका विषयहरुमा सम्बन्धित पक्षको समयमै ध्यान पुग्न नपुगे सञ्चारकर्मीले उनीहरलाई सक्रिय बनाउनुपर्नेमा नगरप्रमुख आचार्यको जोड थियो ।
हब डिजिटल मिडिया प्रालिका अध्यक्ष उदयकुमार श्रेष्ठको सभापतित्वमा भएको उद्घाटन समारोहमा उपप्रमुख मीना पोखरेल उप्रेतीले सञ्चारकर्मी र सञ्चारमाध्यमहरुले संख्यात्मक भन्दा पनि गुणात्मक कुरामा ध्यान दिन जरुरी रहेको बताए । नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यवहाक अध्यक्ष एकराज गिरीले प्रत्येक सञ्चारकर्मीले आफ्नो ज्ञान, सीप र दक्षतालाई प्रविधिसँग लिएर जान सकेका छौ त्यसतर्फ ध्यान दिन जरुरी रहेको बताए । पत्रकारले आफ्ना हरेक आचारसंहितालाई पालन गर्न समेत जोड दिए ।
कार्यक्रममा प्रेस संगठन झापाका अध्यक्ष मुक्ति पौडेल, जनता समाजवादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ्ग, काँकरभिट्टा खानेपानी तथा सरसफाई संस्थाका कोषाध्यक्ष दिलीप सुवेदी, जिल्ला सहकारी संघ झापाका सदस्य दुर्गाप्रसाद सापकोटालगायतले कार्यक्रममा बोल्नुभएको थियो । उहाँहरुले हरेक सञ्चारमाध्यमहरु अहिले शहर केन्द्रित भइरहेको भन्दैं अब हरेक गाउँ गाउँसम्म पुग्न जोड दिएका थिए ।
प्रालिका प्रवन्ध निर्देशक सुजन प्रधानले सञ्चालन गर्नुभएको उद्घाटन सत्रमा प्रधान सम्पादक चेतनाथ गौतमले अनलाईनको विगत वर्तमान र भविष्यका बारेमा बोलेका थिए भने सम्पादक लक्ष्मी उप्रेतीले शब्दमार्फत स्वागत गर्नुभएको थियो ।
Comments