Sajhamanch Archive

भद्रपुर जेसीजको अध्यक्षमा निकाश पाण्डे

Published: in समाज by .

भद्रपुर । सन् २०२१ का लागि भद्रपुर जेसीजको अध्यक्षमा खिलनाथ पाण्डे निकाश निर्विरोध चयन भएका छन् ।

संस्थागत विद्यालय शिक्षक युनियन भद्रपुरका सचिव समेत रहेका पाण्डे सामाजिक अभियानका लागि भद्रपुर जेसीजको अध्यक्ष पदमा निर्विरोध चयन भएका हुन् ।

विभिन्न सामाजिक संघ संस्थामा आबद्ध पाण्डेले भद्रपुरको समृद्धिका लागि युवा शक्तिको सोच परिचालन अपरिहार्य रहेको धारणा राख्दै समाज सेवामा भद्रपुर जेसीजलाई कृयाशील रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसैगरी भद्रपुर जेसीजको २ कार्यकारी उपाध्यक्षका लागि रमेश कार्की, युवराज ढकाल, आरिफ अली र रमेश लुइटेलले प्रतिष्पर्धामा उत्रिएका छन् भने ४ उपाध्यक्षका लागि ५ जना मैदानमा रहेको निर्वाचन समितिले जानकारी दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *