लायन्स क्लब अफ शिवसताक्षीद्वारा न्यानो कपडा वितरण
Published:
by .शिवसताक्षी । शिवसताक्षीमा रहेको लायन्स क्लब अफ शिवसताक्षी विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । शिवसताक्षी न.पा. ११ स्थित भिम नारायण आधारभूत विद्यालयका विद्यालयका २२ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।
जाडोको मौसममा विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा (सुइटर ) वितरण गरिएको लायन्स क्लब अफ शिवसताक्षीका प्रेसिडेन्ड अग्नीप्रसाद दुलालले जानकारी दिए । उनले सरकारी विद्यालयमा विशेष गरी विपन्न वर्गका मानिसहरुको छोरा छोरीले अध्ययन गर्ने र उनीहरु जाडोमा एउटा मात्र सर्ट लगाएर स्कुल आएको जानकारी पाएपछि लायन्स क्लबले न्यानो कपडा वितरण गरेको बताए ।
कार्यक्रममा लान्यस क्लब अफ शिवसताक्षीका चार्टर पे्रेसिडेन्ड यामनाथ काफ्ले, एक्सल बैंक दुधे प्रवन्धक रमेश मैनाली, लाइन्स क्लब शिवसताक्षी दुर्गाप्रसाद भट्टराई, सेक्रेटरी गणेश घिमिरे, पशुपति एकाडेमी झिलझिलेका प्रिन्सीपल चन्द्र खनालको उपस्थिति रहेको थियो ।
Comments