दमकमा एम्बुलेन्स र अटो ठोकिदा दुई जनाको मृत्यु
Published:
by .दमक । सोमबार विहान दमकमा विरामी बोकेको एम्बुलेन्स र अटो एकापसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।
ट्राफिक प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको दमक ४ स्थित ताराबारी सडकखण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको मे १ च १२४६ नम्बरको सुत्केरी बोकेको एम्बुलेन्स र विपरित दिशाबाट आउँदै गरेको अटो रिक्सा एकापसमा ठोक्किदा दुई जनाको मृत्यु भएको हो ।
बिहान करिब पौने १० बजे भएको सो दुर्घटनामा अटो रिक्साका चालक मोरङ,उर्लाबारी नगरपालिका वडा नम्बर ४ का ५० वर्षीय विरेन्द्र बुढाथोकीको घटनास्थल मै र त्यसमा सवार रमेश श्रेष्ठको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा अन्य तीन जना घाईते भएका छन् ।
Comments