Sajhamanch Archive

विर्तामोड कृषि थोक वजार सञ्चालक समितिलाई पद हस्तान्तरण

Published: in समाज by .

झापा । झापाको विर्तामोडस्थित कृषिथोक वजार ब्यवस्थापन समितिको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

विगत एक दशकदेखि नेतृत्व विहिन कृषिथोकको नेतृत्व चयनका लागि गत पुस २४ र २५ गते सम्पन्न निर्वाचनवाट आगामी ३ वर्षे कार्यकालकालागि कमल पौडेलको नेतृत्वमा ९ सदस्यीय कृषिथोक वजार ब्यवस्थापन समिति सर्वसम्मतरुपमा चयन भएको थियो ।

आइतवार एक मार्यक्रमको आयोजना गरेर नव निर्वाचित कृषिथोक वजार ब्यवस्थापन समितीलाई सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा विर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार सिवाकोटी प्रमुख अथिती रहेका थिए । कृषिथोक वजार स्थापनामा महत्वपुर्ण योगदान पुर्याएका समाजसेवी हर्कलाल गिरी विषेस अथिती रहेको कार्यक्रम निवर्तमान वजार ब्यवस्थापन समितीका अध्यक्ष विरेन्द्र पराजुलीको अध्यक्षता रहेको थियो ।

कार्यक्रममा वोल्ने क्रममा वजार ब्यवस्थापनमा महत्वपुर्ण योगदान पुर्याएका समाजसेवी हर्कलाल गिरीले वजार स्थापनामा आफुले खेपेको राज्यको दमन र स्थानियको सहयोगका वारेमा चर्चा गरे । विगतलाई भुल्नुनहुने कुरा वताउँदै हालको सञ्चालक समितीले इतिहाँसलाई नसंझेको र कृषकहरुकालागी भनेर स्थापना गरेका स्थानहरु हाल नरहेकोमा दुःख ब्यक्त गरे । कार्यक्रममा वोल्ने क्रममा कार्यक्रमका प्रमुख अथिती तथा नगर प्रमुख सिवाकोटीले कृषिथोक वजार नयाँ संरचना स्थापना गर्दै अगाडि वढ्ने वताए । प्रमुख सिवाकोटीले वजारको सरसफाईलाई प्रमुख महत्वकासाथ अगाडि वढाउँदै कृषिथोक वजारको मुल्य र मान्यताका आधारमा ब्यवसायिहरुलाई साथ र सहयोग गरिने वताए ।

पद हस्तान्तरण कार्यक्रम दुई सत्रमा सञ्चालन गरिएको थियो पहिलो सत्रमा निवर्तमान अध्यक्षको अध्यक्षता रहेको थियो भने दोश्रो सत्रमा वर्तमान अर्थात नव निर्वाचित अध्यक्ष कमल पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सोसियोमेट्रिक पद्धतीमा सम्पन्न भएको थियो कृषिथोक उपज वजार ब्यवस्थापन समितीको चुनाव वाट वनेको समितीलाई वजार सञ्चालनमा थुप्रै चुनौतीहरु रहेका छन । पुष २४ गते पहिलो चरण कृषक तर्फको चुनाव सम्पन्न भएको थियो । जस्मा झापाका ८ वटा स्थानिय तहका ५–५ जना गरी कुल ४० जना मतदाता रहेका थिए । जसमा ३९ मत खसेको मध्ये २ मत वदर भएको थियो भने उक्त चुनाव वाट ३ जना कृषक प्रतिनिधि छनौट भएका थिए । त्यसै गरी ब्यापारी तर्फ २५६ मत मध्ये २४३ मत खसेको मध्ये, ४ मत वदर भएको थियो जस्मा ब्यापारि तर्फका ३ जना प्रतिनिधि निर्वाचित भएका थिए ।

निर्वाचित प्रतिनिधी मध्ये वाट सञ्चालक समितीको अध्यक्ष हुने ब्यवस्था अनुरुप सहमती अनुसार कमल पौडेल सर्वसहमत अध्यक्ष पदमा निर्वाचित भए ।
वजार सञ्चालक समितिमा कृषक र ब्यापारीतर्फका ६ जना, सम्वन्धित वडाका अध्यक्ष पदेन सदस्य त्यसैगरि कृषि ज्ञान केन्द्र झापाका कृषि अर्थविज्ञ १ जना पदेन सदस्य र जिल्ला समन्वय समिति वाट मनोनित उपभोक्तातर्फवाट १ जना सदस्य गरी कुल ९ सदस्यीय सञ्चालक मिती रहने ब्यवस्था रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *