खड्का गाउँमा आगलागी हुँदा एक जनाको मृत्यु
Published:
by .काठमाडौं । काठमाडौंको कलङ्कीस्थित खड्का गाउँमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ ।
जाडो छल्न विद्युतीय हिटर बालेर सुतेका ८६ वर्षका शिवराम खड्काको जलेर ज्यान गएको प्रहरीले जनाएको छ ।
आफ्नै घरको दोस्रो तलाको कोठामा हिटर बालेर सुतेका खड्काको जलेर ज्यान गएको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिल बोहोराले जानकारी दिए ।
हिटर बालेर सुतेकै बेला विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ ।
Comments